FAQs Complain Problems

समाचार

श्री सवै कृषि सहकारीहरु तथा कृषक समूहहरु,

गुर्भाकोट नगरपालिका, सुर्खेत ।

प्रस्तुत विषयमा यस नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा संचालन भइरहेको दिवा खाजा कार्यक्रममा सामुदायिक विद्यालय दिवा खाजा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०८१ परिच्छेद ५ दफा १० अनुसार स्थानीय स्तरमा उपलब्ध हुने खाद्य सामाग्रीहरु दिवा खाजाको मेनु अनुसार सम्बन्धित विद्यालयहरु संग सम्झौता गरी नियमित आपुर्ति गर्ने प्रयोजनका लागि यस नगरपालकिामा दर्ता भएका कृषि सहकारी, बहुउद्वेश्यीय सहकारी, कृषक  समूह वा व्यक्तिगत फर्म वा  व्यक्तिहरुले तपसिलका आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र (मिति २०८१।०५।०५) गतेसम्म यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा वा कृषि शाखामा  निवेदन पेश गर्नुहुन सरोकारवाला सम्पूर्णमा यो सूचना प्रकाशन गरिएको छ ।

प्रस्तावनाको लागि निवेदनको ढाँचा यसैसाथ संलग्न छ ।

तपसिलः

१. सम्बन्धित कृषक समूह र कृषि सहकारीको दर्ता, पान नं., समूह/सहकारीको विद्यानको प्रतिलिपी तथा गत वर्ष गरेको लेखापरीक्षण प्रतिवेदन प्रतिलिपी र कर चुक्ता गरेको प्रमाणको प्रतिलिपी

२. कृषक समूह र सहकारीको दिवा खाजामा खाद्यान्य आपुर्ति गर्ने निर्णयको प्रतिलिपी

३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

४. मेनु अनुसारको खाजाको लागि स्थानीय कृषि उत्पादनहरु आपुर्ति गर्ने प्रतिवद्धत्ता पत्र र सहकारीको जानकारी फाराम ।

थप जानकारीको लागि नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा वा कृषि शाखामा सम्पर्क गर्न सक्नुहुने  छ ।

यस नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम स्वीकृत दररेटको अधिनमा रही नगरक्षेत्र भित्र विज्ञापन कर संकलन कार्यको ठेक्का बन्दोवस्तद्वारा गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्त बन्देजको अधिनमा रही उक्त कर उठाउन चाहाने योग्य तथा इच्छुक फर्म/संस्थाहरुबाट नविकरण गराइएको ईजाजतपत्र मुअकर दर्ता/स्थायी लेखा नम्बर, आ.व. २०८०।०८१ को करचुक्त प्रमाणपत्र र आफु त्यस्तो दरभाउपत्रमा दाखिला गर्न अयोग्य नभएको भनी गरिएको स्वघोषणापत्र समेत संलग्न गरी सूचना प्रकाशन मितिले १५(पन्ध्र) दिनभित्र रितपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ ।

शर्तहरुः

१. दस्तुर वाफतको रकम रु १००० (एक हजार मात्र पछि फिर्ता नहुने ) यस कार्यालयको रा.वा.बैँ. मेहेलकुना शाखा कार्यालय स्थित आन्तरिक राजश्व खाता नं. ४४८०१००३०१०१००२ मा जम्मा गरेको सक्कल भौचर वा यस नगरपालिकाको राजश्व शाखामा नगद बुझाएको सक्कल रसिद पेश गर्नुपर्नेछ ।

२. प्रथम पटक सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन कार्यालय समयभित्र सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने र १६ औँ दिनको २ बजे रितपूर्वक दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरु दरभाउपत्रदाताका प्रतिनिधिहरुको रोहबरमा (प्रतिनिधि उपस्थिति नभएको अवस्थामा पनि) यस कार्यालयमा खोलिनेछ ।
३.दरभाउपत्रदाताले आफुले कवोल गरेको दरभाउ रकम अंक र अक्षरमा प्रस्ट बुझिनेगरी लेख्नुपर्नेछ । अंक प्रष्ट नभएको अवस्थामा अक्षरमा अंकित भएको दरलाई मान्यता दिईनेछ ।

४.दरभाउपत्रदाताले आफुले कवोल अंकको ५(पाँच) प्रतिशत ले हुन आउने रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैँक मेहेलकुना शाखामा रहेको धरौटी खाता नं. ४४८००३०३०००००२ मा जम्मा गरेको सक्कल भौचर समेत दरभाउपत्र साथ पेश गर्नुपर्छ । नेपाल सरकारबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी गरेको सक्कल बिडबण्ड पेश गर्नुपर्दछ  र मान्य अवधी ७५ दिनको हनु पर्नेछ ।

५. दर्ता हुन आएका दरभाउपत्रहरु स्वीकृत गर्ने वा नगर्ने अधिकार यसै कार्यालयमा सुरक्षित रहनेछ ।

६. विज्ञापन कर असुली सम्बन्धी गरिएका सम्झौता बमोजिम यस कार्यालयमा बुझाउनुपर्ने रकमको अतिरिक्त अन्य कुनै कर दस्तुर  बुझाउनुपर्ने भए सोको दायित्व स्वीकृत दरभाउपत्रवालाकै हुनेछ ।

७. सूचनामा उल्लेख नभएका शर्तहरु प्रचलित कानून बमोजिम हुनेछ ।

८. यस सम्बन्धी थप जानकारीको लागि गुर्भाकोट नगरपालिकाको वेभसाईट www.gurbhakotmun.gov.np  बाट लिन सकिनेछ । वा सम्पर्क नम्बर ९८५८०६५१११, ९८५७८५५५५६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

श्री यो जो जससंग सम्बन्धित छ ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अम्बापुर गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथामिक तहको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय व्यवस्थापन समितिको मिति २०८१।०४।१४ गतेको निर्णय, च.नं.७१ र मिति २०८१।०४।२८ गतेको पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तहमा यस नगरपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

प्रस्तुत विषयमा यस गुर्भाकोट नगरपालिका सुर्खेत क्षेत्रभित्रका सम्पूर्ण करदाहरुले यस नगरपालिकाको कार्यालयमा बुझाउनुपर्ने आन्तरिक कर तथा गैर कर राजश्व वापतको रकम (एकिकृत सम्पत्ति कर, व्यवसाय कर, घर जग्गा बहाल कर, दहत्तर/वहत्तर कर लगायत अन्य करहरु) नगरपालिकाको कार्यालय वा वडा कार्यालयहरु मार्फत २०८१।०३।२४ गते भित्र बुझाईसक्नु हुन सम्पूर्ण करदाताहरुमा अनुरोध गरिन्छ । साथै यस नगरपालिकाका वडा कार्यालयहरुबाट मिति २०८१।०३।३० गते सम्म संकलित राजश्व मिति २०८१।०३।३१ गते कार्यालय समयभित्र बैँक दाखिला गरी सोको फाँटवारी नगरपालिकाको राजश्व उपशाखामा बुझाउनुहुन जानकारी गरिन्छ 

श्री सामुदायिक माध्यामिक विद्यायलहरु सवै

गुर्भाकोट नगरपालिका, सुर्खेत ।

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरुको शैक्षिक सत्र २०८० को SEE नतिजाको विश्लेषणात्मक प्रतिवेदन यसैसाथ संलग्न रहेको छ । उक्त प्रतिवेदनबाट सामुदायिक विद्यालयहरुको नतिजा समन्तोषजनक नरहेको र अधिकाँस विद्यार्थी माथिल्लो कक्षामा अध्ययनको अवसरबाट वञ्चित हुने देखिन आएकोले सम्बन्धित विद्यालयहरुले उक्त नतिजाको व्यापक समिक्षा गर्नुहुन साथै विभिन्न विषयमा NG  प्राप्त गरेका र तत्कालै सञ्चालन हुने ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने विद्यार्थीहरुको लागि सम्बन्धित विषय शिक्षकबाट थप सहायता कक्षा (उपचारात्मक शिक्षण) संचालन गर्ने व्यवस्था अनिवार्य रुपमा मिलाउनुहुन निर्देशानानुसार अनुरोध छ ।

श्री वडा कार्यालयहरु सवै १४ वटै,

विषयः जग्गाको मूल्याङ्कन गरी पठाउने सम्बन्धमा ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले उठाउनुपर्ने कर अन्तर्गत सम्पत्ति कर र भूमी कर भएकोमा हाल एकिकृत सम्पत्ति कर उठाइएको व्यहोरा सबैमा अवगत नै  छ । उल्लेखित कर संकलनमा कानून उल्झनता समेत देखिएकोले आ.व.२०८१।०८२ देखि सम्पत्ति कर  भूमी कर छुट्टाछुट्टै लगाउनुपर्ने भएकोले यस नगरपालिकाको स्वीकृत भूउपयोग योजना अनुसार वडागत रुपमा तपसिलको ढाँचामा वडा कार्यसमितिबाट स्वीकृत गरी जग्गाको मूल्याङ्कन गरी बढीमा १० दिन भित्र पठाइदिनहुन आदेश अनुसार अनुरोध छ ।

प्रस्तु विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखाको मिति २०८०।१०।०८ गते प्रकाशित सूचना बमोजिम पेश भएका प्रस्तावहरु मिति २०८१।०३।०६ गते कृषि विकास समितिको वैठक वसी निर्णय भए बोमिजिम तपसिलका कृषिक  समूह, सहकारी  छनौट भएको हुँदा ७ दिन  (२०८१ असार १५) गेत भित्र सम्झौता गरी सक्नुहुन सम्बन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।

Pages

//